टिकटक बन्द नगर्ने ५५ कम्पनीलाई प्राधिकरणले दियो लाइसेन्स खारेज गर्ने चेतावनी

Posted on: 29 Nov, 2023

मङ्सिर १३, काठमाडौँ  | नेपाल दूरसंचार प्राधिकरणले बुधबार भित्र टिकटक बन्द गरेको जानकारी नदिए ५५ वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।

सरकारले कात्तिक २७ गते सामाजिक सद्भावमा नकारात्मक असर परेको भन्दै टिकटकलाई तत्काल बन्द गर्ने निर्णय गरेको थियो। बन्द गर्ने निर्णयसँगै नियामक प्राधिकरणले टिकटक बन्द गरे नगरेको जानकारी गराउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।

तर, हालसम्म विभिन्न ५५ वटा सेवा प्रदायकहरुले टिकटक बन्द गरेको छ वा छैन भन्ने बारे जानकारी नपाएकाले बुधबार भित्र गराउन निर्देशन दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल १३० वटा कम्पनीले इन्टरनेट सेवाका लागि इजाजत लिएका छन् । निर्णय कार्यान्वयन नगरेका र सम्पर्कमा नआएका कम्पनीलाई कारबाही सिफारिस गरिएको हो । दूरसञ्चार ऐनअनुसार प्राधिकरणले ती कम्पनीलाई पाँच लाख रुपैयाँसम्म जरिवाना र लाइसेन्ससमेत रद्द गर्न सक्छ ।

सरकारले गत कात्तिक २७ गते टिकटकले सामाजिक सद्भावमा नकारात्मक असर परेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्राधिकरणले अनुगमन गर्न निर्देशक विजयकुमार रायको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!