टिकटक बन्द भएपछि Likee तिर नेपाली प्रयोगकर्ता, उस्तै हर्कत सुरु

Posted on: 28 Nov, 2023

मङ्सिर १२, काठमाडौँ । नेपाल सरकारको निर्णय पालना गर्दै गतसातादेखि अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा टिकटक नखुल्ने बनाएका छन्। तर टिकटकको बिकल्पमा हुबहु जस्तै अर्को एप Likee मा प्रयोगकर्ताहरु व्यस्त हुन सुरु गरेका छन् । टिकटक जस्तै अर्को एप 'Likee' मा नेपाली प्रयोगकर्ताहरुको आकर्षण बढेको हो । 


टिकटकको बिकल्पमा अहिले 'Likee' एप चर्चामा छ । हजारौं नेपाली टिकटक प्रयोगकर्ताहरुले यो एपमा अहिले समय बिताईरहेका छन् । यो एपमा पनि टिकटकमा झैं लाइभ बस्नेहरुको लर्को देखिन थालेको छ । साथै टिकटकमा एकाएक भाईरल भएकाहरुले एकाएक यो एपमा आफ्नो कन्टेन्ट पोष्ट गर्ने लाइक गर्ने र सेयर गरिरहेका छन् । कतिपय प्रयोगकर्ताहरुले घन्टौं यो एपमा समय बिताईरहेको भेटिन्छ । केहि प्रयोगकर्ताले यो एपमा एक हजार फलोअर्स नभए पनि सिधै लाइभमा जोडिन मिलेको भन्दै लाइकिको नयाँ फिचरको प्रमोसन गरिरहेका छन् । साथै आफ्ना भिडियोहरु सेयर गरिरहेका छन् । केहिले यो एपमा लाइभ बस्दा टिकटकमा भन्दा धेरै प्रयोगकर्ताहरु जोडिएको भन्दै यो एपमा समय बिताईरहेका छन् । कतिपय नेपाली प्रयोगकर्ताहरु यो एपमा लागेर गिफ्ट कमाउने तथा खर्च गर्ने समेत गरिरहेका छन् । 

टिकटक बन्द हुनु अघि खासै प्रयोगका नआएको यो एपमा एकाएक नेपाली प्रयोगकर्ता ह्वात्तै बढेपछि यसको समेत टिकटकमा झैं दुरूपयोग हुने निश्चित छ । यो एपमा जोडिए लगत्तै फलोअर्सनै नभए पनि लाइभ दिन मिल्ने फिचरको कारण टिकटक भन्दा यो एपको दुरूपयोग बढ्ने देखिएको छ । यो एप्मा जोडिएर लाइभ बस्नेहरुले आफ्नो फलोअर्सनै नभए पनि ३/४ सय जनाले आफूलाई हेरिरहेको भन्दै उत्साहित हुँदै एपमा दिन बिताईरहेका छन् । कतिपयले त यो एपमा जोडिएर लाइभ तथा भिडियोमा टिकटकको जस्तै हर्कत सुरु गर्न समेत थालेका छन् । 

एकातर्फ टिकटक बन्द गरेको सरकारले उस्तै प्रविधिमा अर्को बिकल्पको प्रयोग गर्न थालेपछि टिकटक बन्द हुँदा Likee चाही के हुन्छ होला भन्ने प्रश्नको विषय बनेको छ । 

यसअघि सरकारले कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारले सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्न परेको कारण देखाई टिकटक बन्द गराएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!