यी हुन् विश्वमा सबैभन्दा लोकप्रिय १५ प्रिमियम स्मार्टफोन

Posted on: 01 Jun, 2023

जेठ १८, काठमाडौँ | क्यानालिसले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार विश्व बजारमा स्मार्टफोनको बिक्रीमा समग्रमा उल्लेख्य मात्रामा गिरावट आएको भएपनि उच्च मूल्यका स्मार्टफोनको बजार भने बढ्दै गएको छ ।

सन् २०२३ को पहिलो त्रैमासिकमा विश्व बजारमा ५ सय डलरभन्दा बढी मूल्यका अर्थात् प्रिमियम स्मार्टफोनको बिक्रीमा ४.७ प्रतिशतले बढोत्तरी भएको छ ।

यसरी सबैभन्दा धेरै बिक्री हुने फोनको सूचिमा आइफोनका विभिन्न मोडेलले सुरुवाती ४ स्थान कब्जा गर्दा सामसुङको Galaxy S23 Ultra चौथो स्थानमा छ ।

सर्वाधिक लोकप्रिय फोनका मोडेलमा अन्य स्थानहरु आइफोन तथा सामसुङ स्मार्टफोनका विभिन्न मोडेलले कब्जा गर्दा तेह्रौँ र चौधौँ स्थान भने क्रमशः शाओमी र हुवालेले लिएका छन् ।

सन् २०२३ को पहिलो त्रैमासिकमा विश्व बजारमा सर्वाधिक बिक्री भएका प्रिमियम स्मार्टफोनको लहरै सूचि यस्तो छः

  • iPhone 14 Pro Max
  • iPhone 14 Pro
  • iPhone 14
  • iPhone 13
  • Samsung Galaxy S23 Ultra
  • iPhone 14 Plus
  • Samsung Galaxy S23
  • iPhone 12
  • Samsung Galaxy S23 Plus
  • Samsung Galaxy Z Flip4
  • iPhone SE (3rd-gen)
  • Samsung Galaxy S22
  • Xiaomi 13
  • Huawei Mate 50
  • Samsung Galaxy S21 FE 5G

यस बिषयमा तपाइको प्रतिक्रिया...!