टिकटकलाई दुई अर्ब भन्दा बढी जरिवाना

Posted on: 05 Apr, 2023

एजेन्सी | बालबालिकाको गोपनियता कायम गर्न नसकेको भन्दै टिकटकलाई बेलायत सरकारले दुई अर्ब भन्दा बढी जरिवाना गरेको छ । टिकटकले सन् २०२० मा १३ वर्ष भन्दा मुनिका करिब १४ लाख भन्दा बढी बालबालिकालाई प्लेटर्फ प्रयोगका लागि अनुमति प्रदान गरेको भन्दै बेलायत सरकारले १ करोड २७ लाख पाउण्ड अर्थात् अर्ब ८ करोड रुपैयाँ भन्दा बढी जरिवाना गरेको उल्लेख गरिएको छ ।

बेलायतको सूचना आयुक्तको कार्यालयले गरेको अध्ययन अनुसार टिकटकले अभिभावकको अनुमति बिनै बालबालिकाको डेटा प्रयोगमा ल्याएको जनाएको छ । यसैका आधारमा कार्यालयले केही समय अघि टिकटक विरुद्ध मुद्दा दायर गरेको थियो । जसमा कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

आयुक्तको कार्यलयले भने टिकटकमा उमेर बढाएर राखेकै भरमा बालबालिकाले पहुँच बनाउन सकिने बताएको छ । त्यसरी बालबालिकालाई प्लेटर्फममा पहुँच दिएर डेटा संकलन गरी उक्त डेटाको आधारमा बालबालिकालाई हानिकारक र अनुपयुक्त सामाग्री हेर्न लगाइरहेको दावी अध्ययनको छ ।

‘हाम्रा बालबालिकालाई फिजिकल दुनियाँमा सरह डिजिटल दुनियामा पनि सुरक्षित राख्न चाहन्छौं,’ आयुक्त जोन इडवार्डले भनेका छन, ‘त्यसका लागि हाम्रो कानुनी व्यवस्थाहरु प्रभावकारी रुपमा कार्यान्वयमा ल्याउनु एकमात्रै विकल्प हो । सोही अनुरुप हामीले यो कारबाही अघि बढाएका हौं ।’

तर, कम्पनीले भने १३ वर्षभन्दा मुनिका बालबालिकालाई टिकटकमा पहुँच बनाउन नदिनका लागि ठूलो लगानी गरिरहेको बताउँदै आएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!