एएफसीले लगायो एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना

Posted on: 29 Aug, 2022

भदौ १३, काठमाडौँ | एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिबाना लगाएको छ । 

कुवेतमा भएको एएफसी एसियन कप छनोटको दौरान प्रतियोगिताको विभिन्न आचारसंहिता उलंघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो ।

the-afc.com

एएफसी एसियन कप तेस्रो चरणको छनोट अन्तर्गत इन्डोनेसिया विरुद्धको खेलमा नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी प्रतिबन्धमा रहे पनि खेलमा संलग्न भएपछि एएफसीले ६ हजार डलर जरिबाना लगाएको हो ।

तेस्रो चरण अन्तर्गत समूह एमा जोर्डन र कुवेत विरुद्धको खेलमा लगातार पहेँलो कार्ड पाएपछि अल्मुताइरीमाथि एक खेलको प्रतिबन्ध थियो । तर उनी इन्डोनेसिया विरुद्धको तेस्रो खेलमा मैदान र ड्रेसिङ रुममा प्रवेश गरेको पाइएपछि एएफसीले जरिबाना लगाएको हो ।

त्यस्तै इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई थप १ हजार अमेरिकी डलर जरिवाना गरिएको एएफसीले जनाएको छ ।

उक्त खेलअघि असम्बधित व्यक्ति ड्रेसिङ रुममा गएको र मैदान प्रवेश गरेको भन्दै एएफसीले एन्फालाई ६ हजार प्रतिबन्ध लगाएको हो । 

एन्फाले जरिवानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न पाईनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!