भारतले जित्यो इंग्ल्यान्डविरुद्धको टि–२० सिरिज

Posted on: 18 Jul, 2022

साउन २, लन्डन । भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिज जितेको छ । म्यानचेस्टरमा गएराति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ५ विकेटको जित निकाल्दै भारतले सिरिज २–१ ले जितेको हो । इंग्ल्यान्डले दिएको २ सय ६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा ऋषव पन्तले अविजित रहँदै १ सय २५ रनको शतकीय इनिङ खेले । यस्तै हार्दिक पाण्डयले ७१ रनको अर्धशतकीय इनिङस् खेले । इंग्ल्यान्डका रीच टोप्लेले ३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४५ ओभर ५ बलमा अलआउट हुँदै २ सय ५९ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि जोस बट्लरले ६० रनको अर्धशतकीय इनिङस् खेले। भारतका हार्दिक पाण्डयले ४ विकेट लिदा युजभेन्द्र चाहलले ३ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!