नामिबियाले नेपाललाई दियो २०० रनको लक्ष्य

Posted on: 16 Jul, 2022

असार ३२, काठमाडौं | आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिदेशीय शृंखलाअन्तर्गत नामिबियाले नेपालसामु २०० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

स्कटल्यान्डको क्याम्बसडुन क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रनको योगफल तयार गर्‍यो ।

स्कटल्यान्डका कप्तान जेरार्ड इरास्मसले ५३ रनको अर्धसतकीय इनिङ खेले । उनले ७० बलमा चार चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, डेविड वाइजेले ३४ डिभान ला ककले २७ र जेजे स्मिथले समान २७ रन बनाए । यस्तै, जन निकोल लोफ्टी इटोन र रुबेन ट्रम्पेलम्यानले १९–१९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । किफायती बलिङ गरेका सन्दीपले १० ओभरमा ३ भन्दा तलको इकोनोमीसहित २९ रन मात्र खर्चिए ।

सोमपाल कामीले र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा बसिर अहमेद एक विकेट हात पारे ।

तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ । यसक्रममा नेपालले ८ खेलमा जित निकाल्दा एक खेल ‘टाई’ र ९ खेलमा पराजय बेहोरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!