ग्रामीण भेगमा खेलक्षेत्रको बिस्तार गर्न खेल शिक्षकलाई प्रशिक्षण

Posted on: 09 Jul, 2022

असार २५, जुम्ला । जुम्लाको खेल क्षेत्रको विकास गर्नका लागी विद्यालय स्तरमा प्रशिक्षण कार्यक्रम गरिएको छ । कर्णाली खेलकुद परिषद् सुर्खेतको आर्थिक सहयोग र कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित जुम्लाका सामुदायिक विद्यालयका खेल शिक्षकलाई  प्रशिक्षक दिइएको छ । 

एक दिने जिल्ला स्तरीय प्रशिक्षक र विद्यालयका खेलशिक्षकलाई प्रशिक्षक तथा प्रशिक्षण कार्यक्रममा क्लबबाट १५ जना, विद्यालयबाट २४ जनासँगै, तेकान्दो, एन्फा र मार्सलाट तर्फका गरी जम्मा ८९ जना सहभागी भएको कर्णाली खेलकुद क्लबका सहसचिव धनराज सुनारले जानकारी दिए । 

त्यस्तै कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित जुम्लाका सामुदायिक विद्यालयका खेल शिक्षकलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले खेलका नियमसँगै  खेलाडीलाई अनुशासनका कुरा सिकाउन आवश्यक रहेको बताए । उनले भने जुम्लामा हुने हरेक खेलकुद आयोजनामा विभिन्न कारणले झगडा र विवाद हुने भएकोले अनुशासनको कमी देखिएको देखिन्छ  । खेल क्षेत्रको विकासमा आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जुम्लामा खेल क्षेत्रको आकर्षण बढ्दो भए पनि अनुशासन कमी देखिएको बताइन् । भौतिक पूर्वाधार मात्र विकास नभएकोले खेल क्षेत्रको विकासमा स्थानीयतहले लगानी बढाउनु पर्नेमा जोड दिइन् ।

त्यस्तै कर्णाली स्पोट क्लबकका अध्यक्ष सरोज शाहीले बितेको पाँच वर्षमा स्थानीय सरकारले खेल क्षेत्रलाई अपेक्षित सहयोग नगरेको बताए । उनका अनुसार खेल क्षत्रमा संघ प्रदेशदेखि स्थानीय तहको समेत न्यून लगानी छ । नयाँ खेलाडी उत्पादन तथा पुरानालाई स्थापित गर्न जंगलमा सडक बनाउनु भन्दा खेलमैदान बनाउनु पर्नेमा उनको जोड छ । 

जुम्लाका सामुदायिक विद्यालयका खेल शिक्षकलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । विद्यालय स्तरमा खेल क्षेत्रको विकास गर्नका लागि प्रशिक्षण दिइएको हो ।

अनुशासित र मर्यादित बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।जुम्लामा पछिल्लो समय भलिबल,फुटबल,कराँते, तेकान्दो,कवाडी लगायतका विभिन्न खेलको आकर्षण बढे पनि अनुशासनको कमी भएकोले खेल क्षेत्रलाई अनुशासित बनाउनु पर्नेमा सरोकारावाले जोड दिएका हुन् । अनुशासन विना खेल क्षेत्रको विकास चुनौती पूर्ण रहेकोले अनुशासन पालनामा ध्यानसमेत सुझाव दिएको छ ।












यस बिषयमा तपाइको प्रतिक्रिया...!