एन्फा अध्यक्षमा पंकजको उम्मेदवारी, कर्मा छिरिङमाथि लगाए भ्रष्टाचार गरेको आरोप

Posted on: 20 May, 2022

जेठ ६, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आज आयोजित एक कार्यक्रममा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनीको प्यानलबाट वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन्।

कार्यक्रममा करिब ५० जना मताधिकार पाएका पदाधिकारीलाई नेम्बाङले बोलाएका थिए। त्यसक्रममा उनले वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको कार्यकालमा आर्थिक अपारदर्शिता बढेको आरोप लगाए। उनले शेर्पाले खेलाडीको समस्या समाधान गर्न एन्फा अध्यक्षले नसकेको समेत बताए।

कार्यक्रममा उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दा भावी योजना भने खुलाएनन्।

कार्यक्रममा थ्रि स्टार क्लबका महासचिव संजिव शिल्पाकारले लिगको तयारी खर्च र बिजेताले पाउने पर्ने रकम हालसम्म पनि नपाएको आरोप लगाए। नेम्बाङले पनि लिगका क्रममा भ्रष्टचार भएको आरोप लगाएका थिए।

एन्फाको नयाँ नेतृत्वका लागि असार ६ गते निर्वाचन हुने कार्यतालिका छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!