दिल्लीलाई ९१ रनले हराएपछि धोनी भन्छन्– अर्को वर्षका लागि तयारी गरिरहेका छौं

Posted on: 09 May, 2022

वैशाख २६, काठमाडौँ | चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले आफ्नो टोलीले इन्डिय प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुग्नको लागि कुनै जोड घटाउन नगरेको बताएका छन्। आफ्नो टोली खेलको मजा लिइरहेको छ र अर्को वर्षको लागि तयारी गरिरहेको उनले बताए।

दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएपछि धोनीले भने,‘आज हामीले राम्रो खेल्यौं भन्ने मलाई लागेको छ। म गणितको विज्ञ होइन। स्कूलको समयमा पनि म गणितमा राम्रो थिइनँ। हामीले पाउनु पर्ने र गुमाउनुपर्ने चिज केही छैन। त्यसैले खेलको आनन्द लिएर खोल्यौं।’

चेन्नई ११ खेलमा ४ जित र ७ हारसहित आठौं स्थानमा छ। चेन्नईले अब आईपीएलमा तीन खेल खेल्न बाँकी छ। सबै खेलमा विजयी हुँदा १४ अंक हुनेछ। प्लेअफमा पुग्न उक्त अंक पर्याप्त भने देखिँदैन। 

चेन्नईले बिहीबार मुम्बई इन्डियन्स, १५ मे मा गुजरात टाइटन्स र २० मे मा राजस्थान रोयल्ससँग खेल्नेछ। दिल्लीको यो हारले प्लेअफ यात्रा कठिन बनेको छ। दिल्ली ११ खेलमा ५ जित र ६ हारसहित पाँचौं स्थानमा छ।

धोनीले युवा फास्ट बलर मुकेश चौधरी र सिमरजीत सिंहको पनि प्रशंसा गरेका छन्। धोनीले भने, ‘मलाई व्यक्तिगत रूपमा सिमरजीत र मुकेससँग समय छ जस्तो लाग्छ। उनीहरुमा क्षमता छ। उनीहरु जति धेरै खेल खेल्दै गएका छन्, त्यति नै परिपक्व हुँदै आएका छन्।’

दिल्लीविरुद्धको खेलमा सिमरजितले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। मुकेश चौधरी र ड्वेन ब्राभोले २–२ विकेट लिएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!