जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालले को-कोसँग गर्नेछ प्रतिस्पर्धा ?

Posted on: 17 Mar, 2023

चैत २, काठमाडौं |  नेपालले बिहीबार त्रिवि क्रिकेट मैदानमा युनाइटेड अरब इमिरेट्स (यूएई)माथि डकवर्थ लुइस पद्धतिमा ९ रनको रोमाञ्चक विजय हासिल गरेसँगै आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहन सफल भएको छ । यससँगै नेपालले तीन महिनापछि जिम्बावेमा हुने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाएको छ ।

भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप १८ जुनदेखि ९ जुलाईसम्म आयोजना हुनेछ । जसमा सहभागी हुन १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा लिग–२ मा शीर्ष तीनमा रहेका टोलीहरू नेपाल लगायत स्कटल्यान्ड ओमानले स्थान बनाउनेछन् । त्यस्तै अन्य दुई टोली नेदरल्यान्ड्स र जिम्बावेले पनि विश्वकप छनोटका लागि स्थान बनाइसकेका छन् । 

अब आईसीसी विश्वकप क्वालिफायर प्लेअफबाट आएका शीर्ष दुई टोलीले पनि विश्वकप छनोट खेल्नेछ । आईसीसी विश्वकप लिग–२ मा रहेका चार टोलीसहित अन्य दुई टोली रहनेछन् । जसमा नामिबिया, यूएई, पपुवा न्युगिनी (पीएनजी), अमेरिकासँगै क्यानडा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि सुपर लिगबाट आएको तीन टोलीले पनि विश्वकप छनोट खेल्नेछन् । 

जसमा टेस्ट राष्ट्र वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलङ्का र आयरल्यान्ड रहेका छन् । यो चार टोलीमध्ये तीन टोलीले विश्वकप छनोट खेल्नेछ ।

नेपाली टोलीले प्रतिस्पर्धा गर्ने टोलीहरू टेस्ट राष्ट्र पनि हुनेछन् । जसमा नेपाललाई धेरै कुरा सिक्न पाउने अवसर पनि छ । शीर्ष दुईमा पर्न सके नेपालले विश्वकप खेल्ने पाउने अवसर पनि छ। 

अब नेपालले लिग–२ बाट आउने स्कटल्यान्ड, ओमानसँगै नेदरल्यान्ड्स र जिम्बाब्वे । यता लिग–२ बाट प्लेअफमा गएका नामिबिया, पपुवा न्युगिनी (पीएनजी), अमेरिका, यूएईसँगै क्यानडा र जर्सी मध्ये दुई टिम । त्यस्तै सुपर लिगबाट आउने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलङ्का र आयरल्यान्डमध्येबाट तीन टिमसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । 


आईसीसी एकदिवसीय विश्वकपमा सहभागी हुने सात टिमको टुङ्गो लागिसकेको छ । जसमा आयोजक भारतसँगै अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तान रहेका छन् । 

विश्वकपमा स्थान बनाउने तीन टोलीको भने टुङ्गो लाग्न बाँकी छ । जसमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपाल, स्कटल्यान्ड, वेस्ट इन्डिज, श्रीलङ्का, आयरल्यान्ड, दक्षिण अफ्रिका, ओमान, नेदरल्यान्ड्स, जिम्बाब्वे रहेका छन् । त्यस्तै यूएई, अमेरिका, पीएनजी, नामिबिया, क्यानडा र जर्सी मध्य दुई टिम छनोटमा सहभागी हुनेछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!