पहिलो संविधान दिवसको विशेष कार्यक्रम तस्बिरमा हेर्नुस

Posted on: 19 Sep, 2016


असोज ३, काठमाडौं । पहिलो संविधान दिवसको अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सरिक भइन् । कार्यक्रममा शान्तिका प्रतिक सेता परेवा उडाइएको थियो । समारोहमा बिभिन्न साँस्कृतिक झाँकी, खेल कौसल पनि प्रदर्शन गरिएको थियो ।


कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता, सहभागी थिए ।










 तस्बिर: रोशन सापकोटा, रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!