नवलपरासीमा यसरी मनाइयो १०२ अौ विपी जयन्ती (फिचर सहित)

Posted on: 09 Sep, 2016

रबिन्द्र यादव/ भदौ २४ नवलपरासी । नवलपरासीको रामग्राममा बृक्षारोरण गरि १०२ अौ विपि जयन्ती कार्यक्रम मनाइएको छ । रामग्रामको शान्ति चौरमा रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा चार प्रजातीको डेढ सय बिरुवा बृक्षारोपण गरिएको छ ।रामग्राम नगर सभापति नारायण रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति विष्णु लामिछाने, नगर उप सभापति श्रीधर बस्याल, क्षेत्रिय सभापति नागेन्द्र कुमार गुप्ता लगायतको सहभागीता रहेको थियो ।

 यसैगरी विपि जयन्तीको उपलब्धमा नै गुठी परसौनी गाउँ विकास समिति मा पनि सरसफाइ कार्यक्रम गरि विपि जयन्ती मनाइएको छ । गुठी परसौनी नेपाली काङ्ग्रेस एकाई सभापति तुलसी उपाध्यायको अध्यक्षता रहेको सरसफाइ कार्यक्रममा प्रमुख अतिथि पुर्व जिल्ला सदस्य श्यामकृष्ण अधिकारी, नेपाल तरुण दल क्षेत्रीय सभापति सतिष चौधरी, एकाइ तरुण दल सभापति कन्हैया हरिजन, त्रिबेणी संचार मंच नवलपरासीका अध्यक्ष नन्दु यादव, पुर्व एकाइ सभापति रामप्रसाद पाल, अशोक कमकर, दिलिप गुप्ता, बनारसी जयसवाल लगायतको सहभागिता रहेको सरसफाइ कार्यक्रमको नेतृत्व गर्नु भएको नेतृत्व कर्ता संघर्ष जयसवाले बताउनु भएको छ । यसरी नै पक्लिहवा गाविसमा पनि सरसफाइ कार्यक्रम गरि विपि जयन्ती मनाइएको छ ।

पक्लिहवा नेपाली काङ्ग्रेस एकाइ सभापति राधेश्याम कोइरी को अध्यक्षता रहेको सरसफाइ कार्यक्रममा प्रमुख अतिथि जेष्ठ कार्यकर्ता मिठाई गौड रहेका थिए । सरसफाइ कार्यक्रम पक्लिहवा(४ रतनगंज मा सम्पन्न भएको छ ।









यस बिषयमा तपाइको प्रतिक्रिया...!