अमेरिकाले बनायो घामबाट चार्ज हुने गाडी,यस्तो छ डिजाइन

Posted on: 11 Dec, 2020

मंसिर २६, एजेन्सी | अमेरिकाले पहिलोपटक घामबाट चार्ज हुने गाडी ल्याएको छ | गाडी निर्माता कम्पनी एप्टेरा प्याराडिजिमले उक्त गाडी सार्वजनिक गरेको हो | कम्पनीका अनुसार,उक्त गाडी फुलचार्जमा १६ सय किलोमिटर चलन सक्ने छ |

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार,गाडीको सौर्य शक्तिसोस्न सक्ने गरी निर्माण गरिएको छ | दुई वटा सिट जडान गरिएको उक्त गाडीमा ३ वटा पांग्रा रहेका छन् | यसको फुल स्पिड १ सय ७७ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ |

गाडीमा २५ किलोवाट आवर देखि १ सय किलोवाट आवरसम्मको ब्याट्री प्याकमा राखिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!