आयो २०१९ को डिभी नतिजा, कसरी हेर्ने ? (यस्तो छ अमेरिकी दुतावासको सुझाव)

Posted on: 15 May, 2018

जेठ १, काठमाडौं । अमेरिकाले सन् २०१९ को इडीभी नतिजा सार्वजनिक गरेको छ । गत वर्ष खोलेको इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको हो । 

तपाइँले पनि इडिभी भर्नु भएको छ भने नतिजा हेर्न दिईएको लिंकमा https://dvlottery.state.gov/ क्लिक गर्न सक्नु हुनेछ जुन लिंक छ । डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशनको १६ नम्बर अनिवार्य हान्नु पर्छ । डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी भने प्राप्त हुँदैन ।

गत वर्ष असोज १७ गते डिभीको आवेदन खुल्ला भएको भएपनि आवेदन दर्ता नोभेम्बर ७, २०१७ (२०७४ कात्तिक २१) मा बन्द भएको थियो । 

यसै बिषयमा नेपाल स्थित US Embassy ले सूचना जारि गर्दै यस्तो लेखेको छ: 

अहिले डिभी परेकाहरु सन् २०१९ मा अमेरिका जान पाउनेछन् । डिभी नतिजा हेर्न माथिको लिंक क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
नेपाली समय अनुसार आज राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०१ ९ को नतिजा प्रकाशन हुँदैछ। नतिजा थाहा पाउन कृपया रातिको ०९:४५ बजेपछि https://www.dvlottery.state.gov/ मा हेर्नुहोला। आफूलाई डिभी परे-नपरेको हेर्ने एकमात्र उपाय माथिको वेबसाइटमा कन्फर्मेसन नम्बर हालेर जाँच गर्ने नै हो। 
सावधान : डिभीसम्बन्धमा गरिने गलत हल्लाहरुबाट सावधान रहनुहोला:
दूतावासले डिभी विजेताहरुलाई डिभी प्राप्त भएको जानकारी गराएको भन्दै कुनै पनि ईमेल पठाउँदैन ।
दूतावासले तपाईंहरुको भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउनुहुन भन्दै कुनै पनि व्यहोराको ईमेल, चिट्ठी या अन्य अनुरोध पठाउँदैन। 
Tonight at 09:45 pm (Nepal Time), the results for the Diversity Visa 2019 will be released. Please visit: https://www.dvlottery.state.gov/ after 09:45 pm to check your status.
Beware of scams:
• The Embassy does not send DV winners emails informing them of their selection.
• The Embassy does not send e-mails, letters or announcements asking you to pay a processing fee in advance of your visa appointment.


यस बिषयमा तपाइको प्रतिक्रिया...!