२०७५ मा दशैं-तिहार कात्तिकमा, मङ्सिरमा १ दिन मात्र बिहेको साइत, बर्षभर ४ दिन मात्र ब्रतबन्धको साइत

Posted on: 05 Feb, 2018

माघ २२, काठमाडौं । नयाँ साल २०७५ सालको बडादशैं र तिहार दुबै कात्तिक महिनामा परेको छ । 

आउँदो बर्षको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी कात्तिक २ मा परेको हो । त्यस्तै कोजाग्रत पूर्णिमा कात्तिक ७ मा परेको छ ।

त्यस्तै आगामी बर्षको तिहार कात्तिक २१ गते तिहार परेको छ । तिहारको भाइटीका २५ गते परेको छ ।

नयाँ पात्रो अनुसार महिलाहरुको तीज भदौ २७ गते परेको छ । 

मङ्सिरमा १ दिन मात्र बिहेको साइत 

२०७५ मा विवाहको साइत धेरै हुने तथा विवाहको महिना मानिने मंसिरमा एक दिनमात्रै साइत परेको छ । मङ्सिरको २९ गते मात्रै विवाहमूहूर्त छ । तर फागुनमा धेरै साइत रहेका छन् ।  

त्यस्तै आगामी बर्ष ब्रतबन्धको लागि जम्मा ४ दिन मात्र साइत रहेको छ । पञ्चाङ्ग पात्रो अनुसार ब्रतबन्धको लागि असार ८ र २१ गते, माघ २७ गते र फागुनको ९ गते मात्रै साइत जुरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!