अन्ततः जनताकै भयो जीत, लीखु गाउँपालिका नै कायम गर्ने सरकारको निर्णय

Posted on: 05 Mar, 2017


फागुन २२, काठमाडौँ । नुवाकोट जिल्लाबाट सर्वदलिय राजनैतिक सहमतिमा प्रस्ताब गरी राज्य पुनर्सम्रचना आयोगमा पठाईएको लिखु गाउँपालिका यथावत रहने भएको छ । 

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले नुवाकोटमा  जिल्ला प्राविधिक समितिले नै पठाएको सिफारिसलाई मान्यता दिने निर्णय गरेको हो ।

कांग्रेस नेता रामशरण महतको प्रतिनिधित्व गर्दै प्रकाश शरण महतले पुनर्संरचना आयोगको सिपारिसलाई कार्यनयन नगर्न दबाब दिएको तर प्रधानमन्त्री प्रचण्ड र स्थानीय बिकास मन्त्री हित राज पाण्डेको दबाबमा पुन: लिखु गाउँपालिका नै कायम भएको श्रोतले जनाएको छ ।


केहि राजनैतिक दल र नेताको ब्यक्तिगत स्वार्थ र भोटबैंक सुरक्षित गर्ने मनसायमा हटाइएको भन्दै जनस्तरबाट १३ दिनसम्म आन्दोलन भएको थियो । आन्दोलनले ठुलो रुप लिँदाप्रहरी दमन भई केहि स्थानिय घाईते समेत भएको थिए भने जिबिस नुवाकोटमा ठुलो क्षती हुन पुगेको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!