समृद्ध कालिकोटका अभियान्ताले पत्रकार माझ खुलासा गरे समृद्धिका सपना

Posted on: 22 Feb, 2017


दलसिंह गिरी/फागुन ११, कालिकोट । समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस सम्बद्ध तरुण दलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले अबको १० बर्ष भित्र कालिकोटका जनताले साच्चीकै समृद्ध कालिकोट देख्न पाउने बताउनु भएको छ । 

परिवर्तन चाहने कालिकोटका जाग्रुक यूवाहरुले विकासको सम्भाब्यव सहितको सपना देखि यी सपनाहरु साकार पार्न समृद्धिको अभियान अगाडी बढाएकाले अबको दश बर्षमा कालिकोटका जनताले समृद्ध कालिकोट देख्ने पाउने बताउनु भएको हो । 

प्रेस यूनियन द्धारा जिल्ला सदरमुकाम मान्ममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै तरुणदलका महामन्त्री शाहीले कालिकोट विकासको मुल आधारको रुपमा रहेको सडक संजाल र ह्वाईयातायात संग जोडीसकेकाले अब पर्यटकीय क्षेत्रको प्रबर्धन, शिक्षा, स्वास्थ्यको स्तर उन्नती ग्रामिण सडकको विस्तार तथा ब्यवशायिक कृषि प्रणालीको विकासका लागि १० बर्षे भिजन अगाडी बढाएको बताउनु भएको छ । 

आफु काठ्माण्डौं रहदा कालिकोटको विकासको लागि विभिन्न मन्त्रालय तथा निकायसंग गरिएको भेटघाटको प्रशंग उठाउदै शाहीले आफ्नो ब्यक्तिगत स्वार्थको लागि विभिन्न निकायमा धाउने नभै समग्र कालिकोटको विकासको लागि भएकाले समृद्ध कालिकोट अभियानमा सबै कालिकोटवासीको साथ र सहयोग आवश्यकता रहेको बताउनु भएको छ । 

कालिकोटको स्वास्थ्य अवस्थाबारे बताउदै शाहीले कालिकोटको दर्दनाक स्वास्थ्य अवस्थालाई माथि उठाउन यहाका स्वास्थ्य संस्थाहरुको स्तर उन्नती साथै जिल्ला एकमात्र अस्पतालको प्रभावकारी सेवा विकासका लागि समृद्ध कालिकोटकै पहलमा कार्यथालनी भैसकेको बताउनु भएको छ । 

यहि अभियानकै फलस्वरुप दुर्गा फाउण्डेशनको सहयोग र समृद्ध कालिकोटको समन्वयमा यहि फागुन १८ गते जुविथा, १९ गते कालिका र २० गते जिल्ला अस्पतालमा मुटुरोगीहरुका लागि शिविर संचालन हुन लागेको बताउनु भएको छ । 

समृद्ध कालिकोट अभियानमा आफुले अलि बढी भुमिका खेलेकाले कसैलाई यो भुपेन्द्रजंगको मिडियामा छाउने चालबाजिहो भन्ने भ्रम परे पनि यस अभियानमा सम्पूर्ण कालिकोटवासी राजनैतिकदल, नागरिक समाजका अगुवा, बुद्धिजीवी सबैको अहम भूमिका रहेको बताउनु भएको छ । 

प्रेस युनियन कालिकोटका सचिव नमराज योगीको संयोजकत्वमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा कृयाशिल विभिन्न मिडियाका प्रत्रकारहरुको उपस्थिति रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!