सार्क राष्ट्रबाट पाकिस्तानलाई एक्ल्याउन यस्तो खेल खेल्दैछ भारत

Posted on: 29 Sep, 2016

असोज १३, काठमाडौँ | भारत पाकिस्तानबीच युद्ध हुन सक्ने देखेर भारतले दक्षिण एसियालाई शक्तिहरुलाई आफ्नो पक्षमा पार्न ठुलै कसरत गरेको छ | उसले पछिल्लो समय पाकिस्तान बाहेकका सार्क राष्ट्रहरुलाई आफ्नो पक्षमा पार्न बिभिन्न सम्झौता गरेको कुराबाट पनि भारत नीतिबारे स्पष्ट हुने आधार जुटेको छ |

यसैबीच पाकिस्तानको इस्लामाबादमा हुने सार्क सम्मेलनमा शामिल नहुने फैशला लगत्तै भारत अब पाकिस्तानलाई छाडेर  साउथ एशियामा क्षेत्रीय सहयोगको बिकल्प खोजिरहेको छ | उसले पाकिस्तानकै कारण सार्कमा आफ्नो हैसियत तल झार्न बाध्य भएको बुझेर त्यहि अनुसार सार्क राष्ट्रहरुलाई आफ्नो पक्षमा पारेर पाकिस्तानलाई एक्ल्याउने षड्यन्त्र रचेको पाकिस्तानको बुझाई रहेको छ | 

पाकिस्तानको इस्लामाबादमा हुने सार्क सम्मेलनमा नजाने घोषणा गरिसकेको भारतले भारतकै गोवामा आउँदो १६ अक्टोबरमा हुने ब्रिक्स-बिआईएमएसटीईसी बैठकमा अफगानिस्तान र माल्दिभ्सलाई बोलाउन सक्ने एक सुत्रले जनाएको छ | स्रोतका अनुसार भारत आफ्नो यस नयाँ मिसनमा सफल बनेको अवस्थामा पाकिस्तान असक्षम् हुने भारतको बिश्वास छ | उसको बुझाईमा पाकिस्तानले पछिल्लो समय सार्क मुलुकलाई आफ्नो पक्षमा लिन कसरत गर्दै आएको छ | यता सार्क राष्ट्रसँग सम्बन्ध बिग्रिएको बुझेर भारतले पछिल्लो दुई बर्षदेखि सार्क राष्ट्रहरुलाई नजिक बनाउनको लागि निरन्तर प्रयास गर्दै आएको छ | यसै शिलशिलामा भारतले २०१५ मा बंगलादेश-भुटान-इन्डिया-नेपाल (बीबीआईएन) मोटर भेईकल्स एग्रिमेन्ट गरेको छ | उसले सार्क राष्ट्रहरुलाई आफ्नो पक्षमा पारेर पाकिस्तानलाई युद्धबिनानै तह लगाउने नीति लिएको स्पष्ट देखिएको पाकिस्तानको बुझाई छ | 

एक सुत्रका अनुसार भारतको बुझाईमा सार्कलाई सन्चालन गर्न पाकिस्तान स्पष्ट बाधक बनेको छ | भारतले पाकिस्तानलाइ सार्क राष्ट्रबाट अलग वा एक्ल्याउनको लागि बिशेष गरि बंगलादेश, भुटान, नेपाल र अफगानिस्तानलाई आफ्नो पक्षमा लिन निरन्तर कोसिस गरेको छ | त्यस्तै केहि समय अघि नेपालबाट भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डलाई भब्य स्वागत गर्नु तथा बिभिन्न सम्झौता गर्नुमा पनि भारतको त्यहि स्वार्थ रहेको बुझ्न सकिन्छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!