यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

Posted on: 06 Jan, 2023

पुस २२, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ८० पैसा र बिक्री दर १३२ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ र बिक्री दर १४० रूपैयाँ ६४ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ६१ पैसा र बिक्री दर १५९ रूपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०७ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!