नयाँ कीर्तिमान कायम राख्दै आज पनि बढ्यो सुनको मूल्य !

Posted on: 04 Jan, 2023

पुस २०, काठमाडौँ | पछिल्लो समय निरन्तर बढिरहेको सुनचाँदीको भाउ आजपनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ । 

हिजो एकैदिन सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ पुगेको थियो । यस्तै, हिजो तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ कायम थियो । आज मूल्य बढेसँगै तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ४०० रुपैयाँ छ ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!