यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचिसहित)

Posted on: 02 Jan, 2023

पुस १८, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ३६ पैसा र बिक्री दर १४२ रूपैयाँ रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ७६ पैसा र बिक्री दर १६० रूपैयाँ ४९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!