नवलपरासीलाई दुध उत्पादनमा आत्मनिर्भर घोषणा गर्ने तयारी तिब्र

Posted on: 16 Sep, 2016

मोहम्मद ईजहार शेष, भदौं ३१, परासी । नवलपरासी जिल्लालाई दुध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गर्न जिल्ला पशु सेवा कार्यालय नवलपरासीले तयारी तिब्र पारेको छ । जिल्लालाई यहि असोज मसान्त भित्र दुधमा आत्म निर्भर जिल्ला घोषणा गर्नका लागि तयारी भईरहेको जिल्ला पशु सेवा कार्यालय नवलपरासीले जनाएको छ ।

करिब ६ लाख १५ हजार जनसँख्या रहेको नवलपरासीमा आर्थिक वर्ष ७२÷७३ मा ६५ हजार ७ सय ७८ मेट्रिक टन दुध उत्पादन भएको छ भने आर्थिक वर्ष ७१÷७२ मा ६३ हजार ६ सय ४६ मेट्रिक टन दुध उत्पादन भएको जिल्ला पशु सेवा कार्यालय नवलपरासीका निमित्त कार्यालय प्रमुख भुमिश्वर खनालले जानकारी दिनुभयो

। गत आर्थिक वर्ष भन्दा यो वर्ष ३.३४ प्रतिशतले दुध उत्पादनमा बृद्धि भएको छ । जिल्लामा स्थानीय र उन्नत जात गरि १ लाख ७७ हजार १ सय ४४ वटा गाईहरु रहेका छन् भने १ लाख ५ हजार १ सय ९४ वटा भैंसिहरु रहेका छन् । उनिहरुवाट गत आर्थिक वर्षमा ६५ हजार ७ सय ७८ मेट्रिक टन अर्थात करिब ६ करोड ३५ लाख ५३ हजार ६ सय २३ लिटर दुघ उत्पादन भएको छ । यो अनुपातमा जिल्लामा दैनिक १ लाख ७४ हजार १ सय १९  लिटर दुध उत्पादन हुने गरेको छ । विश्व स्वास्थ्य संग्ठन डब्लु एच ओका अनुसार वर्षेनि हरेक ब्यक्तिले ९१ लिटर हरेक दिन २ सय ५० मिलिलिटर दुध उप्भोग गर्नु पर्दछ ।

जिल्लालाई दुधमा आत्म निर्भर जिल्ला घोषणा गर्दा जिल्लाको कुल दुध उत्पादन र कुल जनसँख्यालाई आधार मानि प्रति ब्यक्ति वार्षिक उपलब्धताको आधारमा प्रति ब्यक्ति ९१ लिटर दुध उपलब्धता हुनु पर्ने सुचक रहेको छ । यो सुचक नजिक जिल्ला पुगेपनि यँहा उत्पादित दुध अन्य जिल्ला र केही दुध भारत निर्यात भएको अवस्था रहेको भने जिल्ला पशु सेवा कार्यालय नवलपरासीले सबै पशु सेवा केन्द्रवाट पछिल्लो डाटा सँकलन गरिरहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!