यस्तो छ आजको विदेशी विनिमयदर, कुन देशको कति छ ?

Posted on: 08 Nov, 2022

कात्तिक २२, काठमाडौँ | नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ  १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

यस्तै,आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ ५८ पैसा र बिक्री दर १३१ रूपैयाँ १८ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १४९ रूपैयाँ ७४ पैसा र बिक्री दर १५० रूपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७६ पैसा र बिक्री दर ३५ रूपैयाँ ९३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!