सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदै कारोबार ?

Posted on: 07 Nov, 2022

कात्तिक २१, काठमाडौँ | सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबारको तुलनामा आज  सुनको भाउ प्रतितोला २०० रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले घटेको हो । 

यसअघि प्रतितोला ९४ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन आज सोमबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ भने ९४ हजार रुपैयाँ रहेको तेजावी सुनलाई ९३ हजार ८०० रुपैयाँ पर्ने भएको छ । 

यता, यसअघि प्रतितोला एक हजार २७५ रुपैयाँ रहेको चाँदीलाई आज एक हजार २६५ रुपैयाँमा कारोबार गर्न सकिने भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!