यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् !

Posted on: 07 Nov, 2022

कात्तिक २१, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

यस्तै, आज डलरको खरिद दर १३१ रूपैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ २१ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १३१ रूपैयाँ ११ पैसा र बिक्री दर १३१ रूपैयाँ ७१ पैसा रहेको छ।   

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १४९ रूपैयाँ ७४ पैसा र बिक्री दर १५० रूपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ ०९ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

  

यस बिषयमा तपाइको प्रतिक्रिया...!