हेर्नुहोस् आजको डलर, यूरो, पाउण्ड, रियाल, रिंग्गेट लगायतको मूल्य कति? (सूचीसहित)

Posted on: 03 Nov, 2022

कात्तिक १७, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रूपैयाँ ८९ पैसा र बिक्री दर १३१ रूपैयाँ ४९ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १५१ रूपैयाँ ९७ पैसा र बिक्री दर १५२ रूपैयाँ ६६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!