विदेशी मुद्राको आजको विनिमय दर

Posted on: 11 Jul, 2022

असार २७, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीमा १२७ रुपैयाँ ११ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ८७ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रुपैयाँ १५ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९० रुपैयाँ ४९ पैसा र बिक्रीमा ९० रुपैयाँ ९२ पैसा रहेको छ । 

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ३० पैसा रहेको छ भने जापोनी येन १० को बिक्रीमा ९ रुपैयाँ ३४ पैसा रहेको छ । 

चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ७० पैसा र बिक्रीमा ३३ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६० पैसा, युएई दिरहम एकको खिरदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीम ३४ रुपैयाँ ६१ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९ रुपैयाँ ८२ पैसा र कुवेती दिनार एकको खिरदमा ४११ रुपैयाँ ४५ पैसा र बिक्रीमा ४१३ रुपैयाँ ४१ पैसा तोकिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!