प्रि-ओपनिङ : नेप्सेमा हरियाली, साढे ४ अंकले बढ्यो

Posted on: 08 Jul, 2022

असार २४, काठमाडौं | साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि–ओपनिङ सेसनमा नेप्से ४.५५ अंकले बढेर हरियाली छाएको छ । यस अवधिमा १२ कम्पनीको ९६६ कित्ता सेयर ४ लाख ७४ हजार ९७९ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

शुक्रबार कारोबारमा आएका १२ कम्पनीमध्ये १० कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।

प्रि–ओपनिङ सेसनमा २ कम्पनीको सेयरमूल्य घटेको छ ।  कुनै पनि कम्पनीको मूल्य स्थिर रहेको छैन । नेप्से ४.५५ अंकले बढेसँगै सूचक २ हजार ३१ दशमलव ८७ बिन्दुमा पुगेको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!