ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

Posted on: 01 Jun, 2022

जेठ १८, काठमाडौँ | बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो । 

मंगलबार सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ आज घटेर ९७ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यस्तै, यसअघि प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको तेजावी सुनलाई आज ९६ हजार ७०० रुपैयाँ पर्नेछ । 

यता, चाँदीको मूल्य पनि आज घटेर कारोबार हुने भएको छ । यसअघि प्रतितोला एक हजार २७० रुपैयाँ रहेको चाँदी आज घटेर प्रतितोला एक हजार २५० रुपैयाँ रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!