कुल ग्राहस्थ उत्पादनमा बागमती प्रदेशको योगदान घट्यो,अन्य प्रदेशमा कस्तो छ अवस्था ?

Posted on: 05 May, 2022

वैशाख २२, काठमाडौँ | चालू आर्थिक वर्ष २०७८–७९ मा कुल ग्राहस्थ उत्पादन (जीडीपीमा) बागमती प्रदेशको योगदान केही घट्न पुगेको छ । बिहीबार राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रदेशस्तरीय जीडीपीको योगदानको तथ्याङ्कमा बागमती प्रदेशको योगदान यस वर्ष ३६.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको हो । जबकि अघिल्लो वर्ष समग्र राष्ट्रिय उत्पादनमा बागमती प्रदेशको मात्र ३७.७ प्रतिशत रहेको थियो । त्यसो त तुलनात्मक रुपमा यो वर्ष अन्य प्रदेशहरूले राष्ट्रिय उत्पादनमा आफ्नो योगदान बढाएकाले पनि बागमती प्रदेशको घट्न पुगेको हो । 

यद्यपि, राष्ट्रिय उत्पादनमा सबैभन्दा बढी योगदान दिनेमा यस वर्षपनि सोही प्रदेश पहिलो नम्बरमा रहेको छ । विभागको तथ्याङ्क अनुसार १५.७ प्रतिशतको योगदानसहित प्रदेश नम्बर १ दोस्रो स्थानमा रहेको छ भने, १४.१ प्रतिशतसहित लुम्बिनी प्रदेश तेस्रो र १३.२ प्रतिशतसहित मधेस प्रदेश चौथो स्थानमा रहन सफल भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!