हेर्नुहोस् आजको वैदेशिक मुद्राको विनिमयदर

Posted on: 17 Apr, 2022

वैशाख ४, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३२ रुपैयाँ १४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!