नवलपरासीमा प्रहरीद्धारा ६ लाख बराबारको कुखुरा चल्ला नष्ट

Posted on: 28 Aug, 2016

रबिन्द्र यादव/ भदौ १२ नवलपरासी । नवलपरासीमा भारतबाट अबैध रुपमा ल्याउँदै गरेको ६ लाख बराबरको कुखुराको चल्ला पक्राउ गरी नष्ट गरीएको छ । सशस्त्र प्रहरी बेश क्याम्प सेमरीले चल्ला पक्राउ गरि आज पशु क्वारेन्टाइन पत्रकार व्यापारी स्थानीयहरुको रोहबरमा नष्ट गरेको हो । 


जहदा गाविस वार्ड नम्बर ५ धनेवा बाट बिहान आठ बजे नायक निरिक्षक अंगद हरिजनको नेतृत्वमा रहेको गस्ती टोलीले १६७ कार्टुन कुखुराको चल्ला पक्राउ गरेको थियो । नवलपरासीको दक्षिणी नाकाहरु बाट पटकपटक कुखुराको चल्ला भित्रने गरेको विभिन्न समाचार माध्यममा प्रकाशन भएपछि प्रहरीले नाकाहरुमा छड्के गस्ती सुरु गरेको थियो । नवलपरासीको सिमावर्ती नाकाहरुमा प्रहरीको सक्रियता देखिएको छ ।


 केही नाकाहरुमा अहिले पनि कुखुराको चल्ला भित्रने गरेको स्थानियहरुको गुनासो रहेको छ ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!