आज १ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख नजिक

Posted on: 02 Mar, 2022

फागुन १८, काठमाडौँ । बुधबार सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ रहेको सुन बुधबार ९९ हजार ५ सय रुपैयाँ पुगेको छ ।

पछिल्लो समय रुस र युक्रेनको द्वन्द्व चर्किँदै गएपछि सुनको मूल्य उकालो लाग्ने क्रममा निरन्तरता देखिएको हो । यसअघि २०७७ साउन १२ गते सुनको मूल्य १ लाख १ हजार ४ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको मूल्य पनि बुधबार प्रतितोला ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १३३५ रुपैयाँ रहेकोमा चाँदी १३७५ रुपैयाँ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!