प्रतितोलामा १ हजार रुपियाँको दरले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

Posted on: 17 Feb, 2022

फागुन ५, काठमाडौँ । सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपियाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपियाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपियाँमा कारोबार भएको थियो ।

यसैगरी,बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपियाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि १० रुपियाँले घटेको छ । बुधबार एक हजार २८५ रुपियाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपियाँ निर्धारण भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!