घट्यो सुन चाँदीको मूल्य, आजको भाउ कति ?

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला ९ सय रूपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ९ सय रूपैयाँले घटेको छ । आज तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेको छ । आज चाँदी १२ सय ९० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १३ सय रुपैयाँ कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!