सेयर बजारमा हरियाली, यी कम्पनीका सेयरमा लाग्याे सर्किट

Posted on: 06 Jan, 2022

पुस २२, काठमाडौँ | साताको कारोबार अन्तिम दिन आज सेयर बजारमा हरियाली छाएको छ। सेयर बजार परिसूचक नेप्से आज बिहीबार ४३. २९ अंकले बढेर २६ सय ९२ दशमलव ४७ विन्दुमा पुगेको छ।

आज व्यापार र उत्पादन समूहबाहेक सबै समूहको सेयर बढेको छ। आज दुई सय ३८ कम्पनीका ७३ लाख ३६ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ।

नेपाल फाइनान्स लिमिटेड, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!