नेप्सेमा ६३ अंकको वृद्धि, कारोबार रकम ओरालो

Posted on: 04 Jan, 2022

पुस २०, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका दोस्रो दिन आज मंगलबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ६३.१ अंकले बढेर दुई हजार ६ सय ७९ दशमलब ९५ विन्दुमा पुगेको हो । सोमबार नेप्से ३२.०३ अंकले बढेर दुई हजार ६ सय १६ दशमलब ९४ विन्दुमा पुगेको थियो ।

त्यस्तै, कोरोबार रकममा सामान्य गिरावट भएको छ । आज ४ अर्ब ३२ करोड २ लाख बराबरको कारोबार भएको छ । सोमबार ४ अर्ब ५३ करोड ३० लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा श्री इन्भेष्टमेन्ट फाइनान्स, सप्तकोशी विकास बैंक, मध्यभोटेकोशी जलविद्युत कम्पनी, नेपाल एसबिआई बैंक र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।    

त्यस्तै, आज धेरैजसो डिबेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!