शेयर बजारमा पहिराे, कति अङ्कले घट्याे नेप्से ?

Posted on: 05 Dec, 2021

मंसिर १९, काठमाडौं | आज सेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ७२.३० अङ्कले झरेर २५१३.८९ बिन्दुमा पुगेर राेकिएकाे छ।

यो मौद्रिक नीति समीक्षापछिकाे दोस्रो ठुलो गिरावट हो । मौद्रिक नीति समीक्षापछि मात्रै नेप्सेमा २१७ अङ्क बढीको गिरावट आइसकेको छ ।आइतबार कारोबार भएका सबै समूहमा गिरावट आयो । जीवन बिमा समूहमा सबैभन्दा उच्च ३७२ अङ्कको गिरावट आयो । यस्तै निर्जीवन बिमा समूहमा २५१ अङ्कको गिरावट आउँदा विकास बैंक समूह पनि २०३ अङ्कले ओर्लियो ।

सय अङ्क बढी गिरावट आउने समूहहरूमा लघुवित्त, उत्पादमुलक, व्यापार र वित्त समूह रहेका छन् । आज २२६ कम्पनीको ८९ लाख २० हजार कित्ता सेयर ४ अर्ब ९ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!