आजको विदेशी विनिमय दर, कुन देशको कति ?

Posted on: 17 May, 2021

जेठ ३, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा रहेको छ भने विक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र विक्रीदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, आज यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ ९४ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ ७९ पैसा रहेको छ । 

स्वीस फ्रेन्स एकको खरिददर १२९रुपैयाँ ७७ पैसा रहेको छ भने, विक्रीदर १३० रुपैयाँ ४३ पैसा रहेको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९२ पैसा रहेको छ भने विक्रीदर ९१ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ७० पैसा रहेको छ भनेविक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ । चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ । 

साउदी अरविया रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ६१ पैसा र विक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!