बढ्यो सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?

Posted on: 16 May, 2021

जेठ २, काठमाडौँ । नेपाली बजारमा गत हप्ता केही दिन क्रमिक रुपमा घट्दै गएको सुनको मूल्य फेरि बढ्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकैपटक ९०० रुपैयाँले वृद्धि भएर ९२ हजार ५०० रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्य समेत आइतबार सामान्य वृद्धि भएको छ । गत शुक्रबार प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २० रुपैयाँले वृद्धि हुँदै एक हजार ३५० रुपैयाँ कायम भएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!