अलपत्र परेका र भोकै रहेका हुम्लीलाई उद्योग बाणिज्य संघ मुगुले उद्दार गर्यो

Posted on: 30 Apr, 2020

दान बहादुर बुढा | वैशाख १८, मुगु | कोभिड-१९ महामारी भाईरसको कारण नेपाल सरकारले लकडाउन गर्दा अलपत्र परेका हुम्ली बासीहरुलाई मुगु उद्योग बाणिज्य संघले उद्दार गरेको छ ।

पछिल्लो समयमा जिल्ला बाहिर रहेका अलपत्र परेका नागरिकहरुलाई स्थानिय सरकारहरुले घर फर्काउने अभियान अनुसार काठमाडौ, नेपालगंन्ज, सुर्खेत लगायत अन्य जिल्लाबाट स्थानीय निकायसम्म पुग्नको लागी गाडी भाडासम्म तिरेर ल्याएका हुम्ला जिल्ला श्रीनगर, सर्केघड, दार्म, देउदी लगाएत दर्जनौं बस्तीका एकसय नै जना भोकभोकै अलपत्र परेका नागरिकहरुलाई मुगु उद्योग बाणिज्य संघले प्रत्यक व्यक्तिलाई चाउचाउ, बिस्कुट, फ्रुटी लगायतका सामान दिएर उद्दार गरेको छ ।

काठमाडौ, सुर्खेतबाट २/३ दिन गाडीमा आएका भोकै रहेको गुनासो सुन्दा उद्योग बाणिज्य संघ मुगुबाट चाउचाउ, बिस्कुट, फ्रुटी लगायतका सामान बितरण गरिएको मुगु उद्योग वाणिज्य संघका अध्क्षय कमल बहादुर बुढाले जानकारी दिए ।

सुर्खेतबाट मुगु पुगुन्जेल बिच बाटोमा लकडाउनको कारण बाटोमा रहेका सबै पसल होटल बन्द छन् । गाडीमा आउँदा बाटोमा निकै दु:ख पाएको उद्दार गरिएकाहरुले बताएका छन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!