रोट्याक्ट अध्यक्ष आरसीको मन –दुर्लुङकोट र सुर्यप्रकाश माविमा ८० हजारको सहयोग हस्तान्तरण(१६ तस्वीर)

Posted on: 18 Mar, 2017

पर्वत । रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आरसी पौडेलले आफ्नो व्यक्तिगत रुपमा दुर्लुङ कोट र सोहि स्थानमा रहेको सुर्यप्रकाश माविमा ८१ हजार बराबरको समाग्री हस्तान्तरण गरेका छन् । 



रोट्याक्ट क्लब अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम अन्तरगत उनले पाँचौ दिनमा व्यक्तिगतरुपमा दुर्लुङकोटलाई ५० थान प्लाष्टिक कुर्सी, १ थान टेबल र सुर्यप्रकाश माविमा ५० थान कुर्सी, १ थान प्रिन्टर, कुर्सी र झोला गरी ८१ हजार बराबरको सहयोग हस्तान्तरण गरेका हुन् । उनले यो भन्दा पहिले दुर्लुङकोटका बृक्षारोपण तथा अन्य समाग्री समेत वितरण गरिसकेका थिए । 


कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले क्लबको प्रंशसा गरे । उनले समाजिक क्षेत्रमा काम गर्दै आएको क्लबले शैक्षिक क्षेत्रमा पनि आफूलाई स्थापित गर्न सकेको र यसमा क्लबको अध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खुसि व्यक्ति गरे । 


कार्यक्रममा क्लबका स्थापक अध्यक्ष मोहन आचार्य, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, रोटरी क्लबका आगामी अध्यक्ष विप्लब हमाल, विद्यालयका प्राचार्य श्याम सुन्दर सापकोटा लगायतले बोलेका थिए । 

आरसी पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक कामना रेग्मी र संचालन सचिव गणेश पौडेलले गरेका थिए भने सचेतकका रुपमा गोविन्द रिजाल रहेका थिए । 








यस बिषयमा तपाइको प्रतिक्रिया...!