कालिकोटमा ५० सैयाको अस्पताल बनाईने

Posted on: 06 Feb, 2017

दलसिंह गिरी | माघ २४ कालिकोट | जिल्लाको जिल्ला अस्पताललाई १५ सैयाबाट ५० सैयाको सुविधा सम्पन्न अस्पताल बनाउन प्रक्रिया चाडै सुरु गरिने प्रतिवद्धता बर्तमान स्वास्थ्य मन्त्रि गगन थापाले गर्नु भएको छ । जिल्लाको एकमात्र अस्पतालको रुपमा रहेको १५ सैयाको जिल्ला अस्पताललाई ५० सैयाको बनाउन अनुरोध सहितको ज्ञापन पत्र बुझ्दै मन्त्रि थापाले यस्तो प्रतिवद्धता गर्नु भएको हो । 

तरुण दलका केन्द्रिय महासचिव एवं नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य भुपेन्द्रजंग शाहीको नेतृत्वमा गएको कालिकोटका युवा अभियान्ताहरुको टोलीले मन्त्रालयमै गएर बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्रि थापाले कालिकोटे जनताहरुको जिबन स्तर र स्वास्थ्य अवस्था साथै भौगोलिक अवस्थाबारे आफुले नजिकबाट नियालेकाले कालिकोटे जनताको इच्छा र चाहनालाई सार्थक तुल्याउन आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । 

जिल्ला अस्पतालको स्तर उन्नती बृद्धिका लागि भौतिक संरचना निर्माण प्रक्रिया अगाडी बढाई सकिएकाले अब छिट्टै कालिकोटको मुहार फेरीने मन्त्रि थापाले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!