कालिकोटमा पहिला बजेट नै पाईएन, अहिले बजेट खर्च गर्नै हम्मे

Posted on: 22 Jan, 2017

माघ ९, कालिकोट । जिल्लामा स्वास्थ्यक्षेत्रको विकास तथा स्तर उन्नतिका लागि विनियोजित बजेट खर्च गर्न हम्मेहम्मे भएको जिल्ला स्वास्थ्य प्रमुख कौशल अलिले बताउनु भएको छ । 

यो आ.ब.मा मात्र जिल्लाका केही स्वास्थ्य संस्थाहरुको भवन निर्माण तथा स्वास्थ्य उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालय तथा अन्य निकायबाट बजेट ब्यवस्थापन भएपनि छोटो समयमा अक्तियारी आएका कारण यसको कार्यान्वयनका लागि जिल्ला स्वास्थ्यलाई हम्मेहम्मे भएको बताउनु भएको हो ।

बिगतका बर्षहरुमा जिल्लामा स्वास्थ्य क्षेत्रको बिकासका लागि प्रयाप्त बजेट आउने नगरेपनि यो बर्षमा भने जिल्लाको स्वास्थ्य सुधारको अवस्था उल्लेख्यरुपमा सुधार भएपछि मन्त्रालय तथा अन्य निकायले थप हौसाला प्रदानका लागि उल्लेख्य बजेटको ब्यवस्थापन गरेपनि छोटो समयका कारण यस्तो अवस्था आएकाले अबको केही महिना केन्द्र तथा क्षेत्रमा हुने कुनै गोष्ठी सेमिनार, ब्यक्तिगत विदा लगायत अन्य कुनै काममा नअल्झी कार्यान्वयनका लागि कटिबद्ध रुपले आफु लाग्ने प्रतिवद्धता समेत प्रमुख अलिले ब्यक्त गर्नु भएको छ । 

हाल जिल्लामा संचालित स्वास्थ्य संस्थाका भवन निर्माणका लागि करिव २९ करोड, स्वास्थ्य उपकरण खरिदका लागि करिव १७ लाख र अन्य ब्यवस्थापनका लागि करिव ४२ लाख बजेट ब्यवस्थापन गर्न पर्ने प्रमुख अलिले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!