नयाँ योजनाबारे कालिकोटका लक्षित समुदायलाई छर्लङ्ग पारियो

Posted on: 10 Jan, 2017

दलसिंह गिरी/पुस २६, कालिकोट । जिल्लामा संचालन हुने अधिकांश भौतिक संरचनाका योजनाहरु निर्माण कार्य सुरु गर्नु पूर्व सम्बन्धित निकायले योजनाको सार्वजनिक सुनुवाई गरिनु पर्ने नेपाल सरकारको अवधारणा अनुसार साना सिचाई कार्यक्रमलद्धारा आज सिपखानामा संचालित योजनाको सार्बजनिक सुनुवाई गरिएको छ । 

सिपखाना गाविस वडा नं. २ अन्तर्गत बडलतोला कुलो सिचाई योजना निर्माणका लागि संम्झौता हुनु पूर्व सिपखानामै योजनाबारे सार्वजनिक सुनुवाई गरिएको हो । नेपाल सरकार र स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित साना सिचाई कार्यक्रम मार्फत सिपखानामा निर्माण हुन लागेको कुलोसिचाईबाट गरिब १ सय ४० घरधुरीको २७ हेक्टर जमिन सिचाई हुने साना सिचाई कार्यक्रमका सवईन्जिनियर अंक बहादुर नेपालीले बताउनु भएको छ । 

कुलो सिचाई निर्माण उपभोक्ता समितिका अध्यक्ष श्री डम्मर वहादुर शाहीको अध्यक्षता तथा ८० भन्दा बढी स्थानीय उपभोक्ताहरुको सहभागितामा गरिएको सार्वजनिक सुनुवाईमा ६ सय ३८ मिटर पक्की कुलो निर्माण गरिने र यसका लागि २ लाख १६ हजार ९ सय १२ रुपैया बरावरको जनश्रमदानका साथै ३३ लाख ५१ हजार ६ सय ४८ रुपैया बरावरको नगद अनुदान गरी कुल ३५ लाख ६८ हजार ५ सय ६० रकम बराबरको लागत रहेको सव इन्जिनियर नेपालीले बताउनु भएको छ । 

यसैगरी साना सिचाई कार्यक्रम द्धारा निर्माण गरिएका योजनाहरुको मर्मत सम्भारका लागि २ दिने मर्मत सम्भार तालिम आज मान्ममा सम्पन्न भएको छ । नेपाल सरकार र स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित साना सिचाई कार्यक्रम द्धारा आर्थिक बर्ष २०७२/०७३मा निर्माण भै सम्पन्न भएका भाङछाडा कुलो सिचाई योजना कालीका ८, रानीपाटा सिचाई कुलो योजना गेला ५, सिम्लेगाड देखि खोदागडा कुलो सिचाई योजना दाँहा ४, ६ र घट्टालीगाँउ कुलो सिचाई योजना मान्म ७ लाभाम्बित उपभोक्ता समितिका पदाधिकारीहरुका लागि तालिम संचालन गरिएको साना सिचाई कार्यक्रमले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!