नवलपरासीमा प्रदुषणले उधुम मच्चायो, बस्न गाह्रो भयो भन्दै स्थानियद्धारा सडक अबरूद्ध

Posted on: 08 Nov, 2016


कात्तिक २३, परासी । ठेकेदार र नगरपालिकाको लापरवाहीले समयमै सडक कालोपत्रे नहुँदा, प्रदुषणले सास्ती खेप्दै आएका स्थानियले आज बाटो अवरोध गरेका छन् । 

नवलपरासीको सदरमुकाम परासीको बुद्धचोकेदेखि पुर्व झरहीखोलासम्मकोे बाटो समयमै कालोपत्रे हुन नसकेपछि धुलोधक्कडले समस्या भएको भन्दै आज विहान बाटो अवरोध गरेका हुन् । 

 रामग्राम नगरपालिकाले शुभलक्ष्मी कन्स्ट्रन्सन तिलकपुर नवलपरासीलाई १८ लाखमा १ सय ५० मिटर सडक कालोपत्रे गर्ने जिम्मा दिएको थियो । 

रामग्राम नगरपालिकका अनुसार ३१ लाखको स्टिमेट भएको टेण्डर १८ लाखमा स्वीकृत भएको थियो । विद्युतिय पोल सार्ने र वर्षाका कारण केहि समय काम ढिलो भएकाले सो काम समयमै सम्पन्न नभएको रामग्राम नगरपालिकाले जनाएको छ ।

अषाढा मसान्तमै कामको सम्झौता भएपनि कार्य सम्पन्न नहुँदा स्थानियहरु ४ महिनादेखि  धुलोको प्रकोपलेले जुधिरहेको स्थानिय रामवृक्षले बताउनु भयो । धुलोले वातावरण प्रदुषित, पसले तथा स्थानियहरुको कपडा, लत्ता, सामानहरु विगरिदै गएको छ भने जनमानसको स्वास्थ्यमा नाकारात्मक असर परे संगै सवारी साधनले उछिट्टिने गिट्टी, ढुंगाले कतिपय पसलेको काउण्टर र मानिसहरुलाई समेत क्षति पुरयाएको स्थानिय यादवले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!