नवलपरासीको भन्सार कार्यालयले उठायो राजस्वबाट ढाई करोड

Posted on: 31 Oct, 2016


कात्तिक १५, परासी | महेसपुर छोटी भन्सार कार्यालय नवलपरासीले यस आर्थिक वर्षको चारमा महिनामा करिब ढाई करोड रुपिया राजस्व संकलन गरेको छ । 

कार्यालयले आर्थिक वर्ष २०७३/७४ साउन महिनादेखि कार्तिक १३ गतेसम्म कुल २ करोड, ३७ लाख, ९४ हजार २ सय ७३ रुपिया राजस्व संकलन गरेको छ । कार्यालयले श्रावण महिनााम ७२ लाख १९ हजार ६०२ रुपिया राजस्व संकलन भएको थियो भने भदौमा ८१ लाख ५० हजार, ६९०, असोजमा ७१ लाख २६ हजार ३१ र कार्तिक को १३ गतेसम्म २२ लाख ९७ हजार ९५० रुपिया राजस्व संकलन गरेको कार्यालयका नायब सुब्बा रेवतीराज गिरीले बताउनु भयो । 

राजस्व गत वर्षको तुल्नामा यसवर्ष २३ प्रतिशतले बृद्धि भैरहेको कार्यालयले जनाएको छ । गत वर्ष नाकाबन्दीको कारणले अपेक्षित राजस्व संकलन नभएको नासु गिरीले भन्दै राजस्वको बृद्धिदर यस्तै रहने हो भने वर्षको करिब १० करोड रुपिया राजस्व उठने अनुमान रहेको बताउनु भयो । 

भन्सार कार्यालयबाट विशेष गरि चामल, खाद्यान्न, कपडा लत्ता, कागज, भाँडाकुडा, फुटकर घरायसी सामान, हार्डवेयर, राँगा भैसी, र अस्थायी सवारी साधानको निकासी पैठारी हुने गरेको भन्सार कार्यालयले जनाएको छ । महेसपुर भन्सार कार्यालय भैरहवा भन्सार कार्यालय अन्तर्गतको एक छोटी भन्सार कार्यालय भएपनि जिल्लाको मुख्य नाका हो । यस कार्यालय अन्तर्गतपनि भुजहवा, विसुनपुरा, झुल्नीपुर, त्रिवेणी लगायतका छोटी भन्सार कार्यालयहरु छन् । साना नाकाहरुबाट झिकाईने सामानहरुको महेसपुर भन्सार कार्याल्यबाट नै भन्सार काटिने गरिएको कार्यालयले जनाएको छ । 

महेसपुर भन्सार कार्यालयलाई मुल भन्सार कार्यालय बनाउन सम्पुर्ण कागजी प्रकृया पुरा भईसकेपनि भने मुल भन्सारको रुपमा अझै संचालन आउन नसेको उद्योग वाण्ज्यि संघका अध्यक्ष भिम बहाुदर थापाले बताउनु भयो । भन्सार कार्यालय मुल भन्सार बनाउन अझै भौतिक पुर्वाधार, क्वारेन्टाईन चेकपोष्ट, भवन, बाटोघाटो, अधिकृत स्तरका कर्मचारी दरबन्दी,लगायतका काम हुन बाकी समेत रहेको अध्यक्ष थापाले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!