तिहारमा विद्युत्तिय झिलिमिलीले कोहांरको पेसा धरापमा

Posted on: 31 Oct, 2016

मोहम्मद ईजहार शेष | कात्तिक १५, परासी | तिहारको लक्ष्मी पुजाका दिन तराईमा दिपावली गरि धुमधामका साथ मनाइएको छ । तराई क्षेत्रमा लक्ष्मीपुजाको दिन हरेक घरहरु सजाएर रङ्गीचङ्ग बनाईए भने साँझ धनकी देवी लक्ष्मीको पुजा गरियो । तराईमा लक्ष्मीपुजाको अवसरमा सबैले आफ्नो घरमा दिप बाल्नुका साथै शक्तिपिठहरु र विभिन्न धार्मिक स्थानहरुमा दिप प्रज्वलन गरि दिपावली मनाए । दिपावलीका दिन पहिला पहिला माटोको दियो बालेर घर सजाई पुजा गरिएपनि अहिले विद्धुत्तिय झिलीमिलीका कारण बत्ति र क्यान्डल बालेर दिपावली मनाउन चलन बढेको छ ।

यो क्षेत्रमा अहिले कस्ले कत्ति धेरै बिद्धुतिय बत्ति प्रयोग गरि घर सजाउन सकेको छ भन्ने अस्वस्थ प्रतिसपर्धा समेत सुरु भएको छ । बिस्तारै मानिसहरु माटोको दियो प्रयोग कम गर्न थालेपछि माटोको दियो बनाउने कुम्हाल वा कोहांर जातीको पेशा धारासाही बन्दै गएको छ । कोहांर जातीको मुख्य आम्दानी नै दिपावलिको बेला हुने गरेको भएपनि बर्षेनि उनिहरुको बिक्रि वितरण कम हुदै गएका सो पेशामा संलग्न ब्यक्तिहरुले दुखेसो पोखेका छन् । ५० वर्ष भन्दा अघिवाट माटोका विभिन्न भाडाकुडा तथा दियो बनाउदै आएका हरपुर गाविस वडा नम्बर २ हरपुरका पुर्णवाशी कोहांरले आफुहरुको पेशा दिनप्रति दिन खस्किदै गएको बताउनु भयो । 

विगतका दिनहरुमा दिपावलीकै ब्यापारले उनलाई वर्षभरि खान पुग्ने गरेपनि अबको ब्यापारले अपुग भएको कोहांरको भनाई छ । विगत वर्षहरुमा दिपावलीको बेलामात्र उनले नगद सहित ३ क्युईन्टल भन्दा बढिको धानवाट माटोको दियोहरु साट्ने गरेपनि अहिले बिक्रि कम भएको बताउनु भयो । विभिन्न किसिमका प्लास्टिक तथा स्टील, फलाम लगायतका सामाग्रिको प्रयोग बढेपछि कलात्मक तरिकाले बनाईएका माटोको दियो, हांडि, जातो, गाग्री लगायतका माटोको सामाग्रिको ब्यापार घट्दै गएको छ भने अर्का तिर कला र संस्कृति सँग जोडिएको यो पेशाप्रति सम्बन्धित ब्यक्तिको लगाव कम हुँदै गएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!