नवलपरासीको गुठी परसौनीको उखुबारीमा आगलागी हुँदा चार कठ्ठा उखु जलेर नष्ट

Posted on: 25 Oct, 2016

रबिन्द्र यादव/कार्तिक ९, नवलपरासी । नवलपरासीको गुठी परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ६ बैरिया मा बिहान ११ बजे सोही ठाउँ बस्ने कमलनाथ यादव को उखुबारी मा आगलागी हुदा निजको चार कठ्ठा उखु खेत मध्ये अन्दाजी पचास साठ्ठी क्विन्टल उखु पुर्ण रुपले जलेर नष्टभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

निजको खेत देखि दक्षिण दिशा तर्फ रहेको रिषीकेश तिवारी खेतमा सोही ठाउँ बस्ने बन्थु हरिजनले रियन लिई जोतभोग गर्दै आएका थिए । हरिजनले खेतमा लगाएको धानको पराल जलाउने क्रममा आगो सल्केर पिडीत किसानको उखुबारी मा आगो सल्केको हुन सक्ने प्रहरीले बताएको छ । स्थानियहरुले करिब १२ बजे आगो नियन्त्रणमा लिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!